१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं ।
स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले मन्त्रालयका ४ कर्मचारीमा कोरोना पुष्टि भएको जानकरी दिनुभयो ।

उहाँले कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको प्रारम्भिक विवरण आएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको स्वाब संकलन गरिएको मिति र पुष्टि भएको विषयमा थप विवरण खुलाएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ५ : ४९ बजे