१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नायिका पूजा शर्माद्वारा संचारकर्मी सुवेदीबिरुद्ध उजुरी



काठमाडौं ।
नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीबिरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । उनले यसअघि सञ्चारकर्मी सुवेदीसंगको एक टेलिभिजन अन्तर्वाताका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिईन् ।

नायिका शर्माले यसअघिको बिषय आफूले बिर्सिसकेको बताउँदै आफूलाई पटकपटक सञ्चारकर्मी सुवेदीले टेलिभिजनबाटै होच्याउने खालका शब्द प्रयोग गरेकाले आफू उजुरी दिन बाध्य भएको बताईन् ।

नायिका शर्माले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएको बताएकी छिन् । साथै, उनले ‘प्रेन्स काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ६ : ५२ बजे