१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाणगंगाबाट बरामद गरिएको ६४ बोरा धान ८ महिनापछि गुरुकुलमलाई हस्तान्तरण



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ देउवापारबाट वेवारिसे अवस्थामा बरामद गरिएको धान गुरुकुलम्लाई हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय पिपराले गस्तीको क्रममा ७६ कार्तिक २१ गते वेवारिसे अवस्थामा रहेको ६४ बोरा धान देउवापारबाट बरामद गरेको थियो ।

८ महिनासम्म कोही कसैबाट हकदाबी नभएपछि स्थानीय सरकारको रोहबरमा सोमबार वडा नम्बर २ को नन्दनगरमा रहेको कैलाश आश्रम गुरुकुलम्लाई हस्तान्तरण गरिएको हो ।

बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा बसेको सरोकारबालाको वैठकपछि गुरुकुलम्का संरक्षक अध्यक्ष रविराज ज्ञवाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पौडेललाई सो परिमाणको धान हस्तान्तरण गरियो ।

८ महिनासम्म स्वामित्व ग्रहण गर्ने कोही नभएपछि अब पनि सो धानलाई प्रहरी कार्यालयमा राखिरहँदा नोक्सान भएर खेर जान सक्ने भएकाले गुरुकुलमललाई दिइएको प्रहरी निरिक्षक आयूष प्रसाद जोशीको भनाई छ ।

प्राप्त धान गुरुकुलमका बटुकको भरणपोषण्मा प्रयोग हुने संरक्षक ज्ञवालीलले बताउनु भएको छ । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ३ : २१ बजे