७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ढल्यो लेवनान सरकारः कारण बेरुत वम बिस्फोट



एजेन्सी ।
बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशपछि लेबनानको सरकार ढलेको छ । मन्त्रीपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका सरकार भंग गरेको अर्थात राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यो घोषणा टेलिभिजन सम्बोधन मार्फत गरेका हुन् ।

सर्वसाधारणले नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट पनि भएको आरोप लगाएका छन् । बिस्फोटपछि विरोध प्रदर्शन लगातार हुँदै आएको छ ।


गएको मंगलबार राति बेरुतको तटीय क्षेत्रमा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएपछि सर्वसाधारणको आक्रोश उत्कर्षमा पुगेको हो । उनीहरुले त्यसपछि लगातार प्रदर्शन गर्दै आएका छन् ।

विगत ६ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार राति बिस्फोट भएको थियो ।

त्यसमा परी अहिलेसम्म कम्तीमा २२० जनाको ज्यान गइसकेको छ । ११० जना अझै बेपत्ता छन् । ६ हजार मानिस घाइते भएका छन् ।

राजीनामा दिएको सरकारलाई अर्को मन्त्री परिषद गठन नहुँदासम्म कार्यवाहकको भूमिका निर्वाह गर्न राष्ट्रपति मिशेल एउनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ७ : ०४ बजे