७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा थप ११ जनामा कोरोना देखियो



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार आज थप ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै समुदाय स्तरका रहेका छन् ।

गत साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, बालमन्दिर देखि संकलन गरिएको नमुना रिपोर्ट मध्ये रिपोर्ट आउन बाकी ९८ जनाको रिपोर्ट आएको हो । जसमा ११ जनाको पोजेटिभ आएको छ भने अन्यको नतिजा नेगेटिभ आएको छ । गत साउन २१ गते २२६ नमुना संकलन गरिएको थियो ।

यस अघि ११७ को रिपोर्ट आएकोमा ११ जनाको पोजेटिभ आएको थियो । आज थपिएको सबै जना समुदाय स्तरका संक्रमित हुन् । कपिलवस्तुमा समुदाय स्तरमा कोरोना देखिन थालेपछि आजबाट जिल्लालाई पूर्ण रुपमा लकडाउन गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १२ : २२ बजे