१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको मूल्य आज पनि घट्यो, तोलामा कति ?



काठमाडौं ।
लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ ।

चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १२ : ३१ बजे