१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

त्रिवि उपकुलपति बास्कोटाको कार्यालयमा तोडफोड



काठमाडौँ ।

मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यालय तोडफोड भएको छ । बिहान १०–१५ जनाको समूहमा आएको युवाहरुको समूहले तोडफोड गरेको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले बताए ।

नेविसंघ त्रिवि समितिका नेता हरि आचार्यले नेविसंघका केही नेता–कार्यकर्ता विभिन्न मागहरु राखेर प्रदर्शन गर्ने क्रममा ‘सामान्य तोडफोड’ भएको स्वीकार गरेका छन् । प्रवक्ता अधिकारीका अनुसार तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेको छ ।

त्यस्तै विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक चढ्ने एउटा गाडी र कर्मचारी बोक्ने गाडीमा समेत तोडफोड गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै केही दिनदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रजातान्त्रिक प्राध्यापक संघ आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १२ : ५७ बजे