६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुको वाणगंगाका १ सय १९ मध्ये १ सय १५ जनामा कोरोना देखिएन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगाका समुदायस्तरमा गरिएको नमुना परिक्षणको रिपोर्ट मंगलबार आएको छ । केही दिन अगाडी नगरको सिद्धार्थ क्याम्पसबाट गरिएको स्वाब संकलन मध्ये १ सय १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि अझै ४ जनाको रिपोर्ट आउँन बाँकी छ ।

नगरपालिकाका स्वाथ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जनाए अनुसार ३ जना तेस्रो मुलुकबाट आएका र १ जना वित्तिय संस्थाका कर्मचारीबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । यी चार जनाको रिपोर्ट मंगलबार नआएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  २ : ५९ बजे