१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण



काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ।
स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो। केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन्।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ६ : २९ बजे