२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

बाँकेमा ३ दिन थप निषेधाज्ञा



नेपालगन्ज ।
बाँके प्रशासनले शनिबार रातिदेखि जारी गरेको निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले ३ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि बैठकले शनिबार जारी निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

‘सिल गरिएको एरिया सबै खुला गर्छौ,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘अत्यावश्यक काम खाद्यान्नका ढुवानीबाहेक सबै बन्द रहनेछन् ।’

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा लागू गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ७ : १७ बजे