५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

ललितपुरमा तीन कोरोना संक्रमितको मृत्यु



ललितपुर ।
ललितपुरका पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालका अनुसार पाटनमा जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृत्यु भएको हो।

ती पुरुष पुरानो निमोनियाका बिरामी भएको र गत महिना अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान मृत्यु भएको हो। त्यस्तै किस्ट अस्पतालमा अर्की एक जना महिलाको कोरोनाबाट मृत्यु भएको छ।

टेकुबाट रिफर गरेर पाटन अस्पताल पुर्‍याएकी ७८ वर्षिया महिलामा ज्वरो, झाडाबान्ता भएको थियो। उनलाई २६ गते पाटन अस्पतालले किस्ट पठाएको हो।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ११ : १४ बजे