१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि



विराटनगर ।

प्रदेश १ प्रदेशसभाका सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपा सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आएकी छन् । उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ प्रदेशसभा सदस्यमा कोरोना संक्रमण देखिएको पहिलो घटना हो । यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यसहित उनको परिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजिटिभ देखिएको बताइन् ।

अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले कोरोनालाई सहज रूपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ११ : ५३ बजे