१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सुर्खेतमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

सुर्खेतमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् भने ६ जना कन्ट्याक्ट ट्रेसिङमा परेका र ५ जना समुदायस्तरमा गरिएको परीक्षणका क्रममा संक्रमित पाइएका हुन् । 

संक्रमण देखिनेमा सरकारी कार्यालयका ४ जना, साना सवारीचालक पर्साबाट आएका ३ जना कामदार र २ जना सैलुनमा काम गर्नेहरू भएको बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  १२ : ३९ बजे