२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तु उद्योग बाणिज्य संघले समुदायस्तरमा पिसीआर जाँच गर्ने



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना संक्रमण नियन्त्रण गर्न सुरुदेखि नै जुर्मुराएर लागेको कपिलवस्तु उद्योग बाणिज्य संघले अब समुदायस्तरमा पनि पिसीआर जाँच गर्ने भएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण बढेपछि थप संक्रमण नफैलियोस् भन्नको लागि पिसीआर जाँचतर्फ लागेको संघले जनाएको छ ।

नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, बैङ्क तथा वित्तिय संस्थाका प्रतिनिधि आदिको पिसीआर जाँच गरे पनि बिभिन्न ब्यापार ब्यवसाय संचालन गर्नेहरुमा कोरोना संक्रमण हुन सक्ने भन्दै उनीहरुको जाँच गरिने अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

अत्यधिक भीँडभाड हुने किराना, फलफूल, दुग्ध डेरी आदि क्षेत्रका व्यवसायीको प्रतिनिधिमूलक ढंगबाट पिसीआर जाँच गरिने पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

कम्तिमा पनि एक सय कीट माग गरेको बताउँदै संघले ७० बढीको पिसीआर जाँच गर्ने जनाएको छ । अबको एक हप्ताभित्र जाँच सुरु गरिने पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

कोरोना दोश्रो चरणमा देखिएपछि संघले अहिले मास्क तथा सेनेटाइजर वितरणको काम गरिरहेको छ । बुधबार पनि संघको कार्य क्षेत्रभित्र पर्ने स्थानमा सचेतना स्वरुप मास्क वितरण गर्ने काम गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  ४ : २९ बजे