५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

कोशी अस्पतालमा कोरोनाबाट ३० वर्षीय पुरुषको मृत्यु



काठमाडौं ।

कोशी अस्पताल विराटनगरमा एक ३० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ। विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनको भनाइ छ। त्यसपछि उनको श्वाब परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको हो। कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ११ : १५ बजे