१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

शरीर बन्धक कसुरमा वडाध्यक्षको हातमा हत्कडी



काठमाडौं ।
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पक्राउ परेका छन्। शुक्रबार मध्यान्हमा मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिए।

स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको अन्नपूर्णपोस्ट्लाई बताए। खड्कासँगै लिखु तामाकोसी(५ का लालबहादुर तामाङलाई समेत पक्राउ गरिएको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला अदालतबाट पहिलो पटक सात दिनलाई म्याद थप गरी उनीहरुलाई हिरासतमा राखिएको छ। म्याद थप भएसँगै उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको पौडेलले बताए।

जनप्रतिनिधिबीच नै विवाद

खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। नेकपाको बाग्मती प्रदेश कमिटीको बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य गत वर्ष खड्कालाई निलम्बन गरेको थियो। नेकपाले उपाध्यक्षलगायत जनप्रतिनिधिलाई फौजदारी मुद्दा दायर गरेको भन्दै अध्यक्ष खड्कालाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको हो।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ४ : ५७ बजे