९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बागलुङमा पहिरोः दुई बालकको मृत्यु, तीन जनाको उद्धार



बलेवा ।

बागलुङ निसीखोला गाउँपालिकामा गएको पहिरोले दुई बालकको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो।

सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते छन्। उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनको भनाइ छ।

राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो। मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए। घरमाथिबाट आएको पहिराले घर बगाएको छ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  ३ : २१ बजे