९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य तोलामा फेरि लाख नाघ्यो



काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २ भदौ २०७७ मंगलबार ००:००  १ : ३६ बजे