२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन पनि आजै



काठमाडौँ ।
आज कुशे औशी देशभर यो पर्व कुशलाई घरमा भित्र्याउँदै मनाइँदैछ । आजै आफ्नो जन्म दिने बाबुलाई सम्मान गर्दै मन पर्ने खाना खुवाइ बाबुको मुख हेर्ने परम्परा रहेको छ ।

मातृदेवो भवः, पितृदेवो भवः र गुरुदेवो भवः संस्कृतिका अनुयायी नेपालीले आजको दिनलाई विशेष दिनका रुपमा लिने गर्दछन् । यो दिन जन्मदाता बाबुलाई मिष्ठान्न भोजन गराउनुका साथै नयाँ वस्त्र पहिराई दिने प्रचलन छ । वर्ष दिन भरी विभिन्न कामले व्यस्त भएका सन्तानले यो दिन बाबुसँगै बसी आशिर्वाद लिने गर्छन् ।

आजको दिन बाबु नहुनेले विभिन्न तिर्थस्थलका साथै काठमाडौँस्थित गोकर्णेश्वर महादेव मन्दिरमा गई नुवाइ धुवाई गरी श्राद्ध गर्ने चलन पनि छ । यदी श्राद्ध गर्न नसकेमा जलदान एवम् सिदा दान मात्रै भए पनि गर्ने परम्परा छ । उत्तर गंगाका नामले समेत् परिचित गोकर्ण तिर्थमा पिद्धडडदान गरेमा पितृ आई लैजाने तथा एक चित्त भई जलमा हेरेमा स्वर्गबासी पितृको दर्शन पाउने धार्मिक विश्वासका कारण कुशे औशीका दिन यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको हो । गोकर्ण क्षेत्रमा विशेष महत्वका साथ मनाइने भएकाले यो दिनलाई गोकर्ण औशी पनि भन्ने गरिन्छ ।

यो दिन कुशे औशीका रुपमा पनि मानिन्छ । हिन्दु एवम् बौद्ध धर्मावलम्बीका हरेक धार्मिक संस्कारमा कुशलाई अत्यावश्यक मानिन्छ । भगवान विष्णुको प्रतिकका रुपमा समेत पूजिदै आएको कुश पुरोहितले आफ्ना जजमानका घर घरमा गई राखिदिने वैदिक परम्परा रहि आएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७ बुधबार ००:००  ६ : ०२ बजे