५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

रौतहटमा गोली हानी पुजारीको हत्या, मन्दिरमा खाना खाइरहेका थिए



जनकपुरधाम ।

रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ।बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९ बजे अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिए।

प्रहरी उपरीक्षक खड्का सहितको टोली घटनास्थल पुगि अनुसन्धानमा जुटेको छ। घटनाबारे थप अनुसन्धान भोलि बिहानैबाट शुरु हुने उनले बताए।

प्रकाशित मिति : ४ भदौ २०७७ बिहिबार ००:००  ६ : ३२ बजे