१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लिबियामा डुंगा ध्वस्त हुँदा कम्तीमा ४५ जनाको मृत्यु



एजेन्सी ।
संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार यो वर्ष लिबियामा डुंगा ध्वस्त हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको बताएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् ।

यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसिआरले जनाएको छ ।

स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो । युएनएचसिआर र आप्रबासीका लागि अन्तर्राष्ट्रिय संस्थाले आप्रबासीको खोजी तथा उद्धारको प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

व्यवस्थित खोजी अभियानको अभावमा भूमध्य सागरमा धेरै आप्रवासीको ज्यान जाने चेतावनी उनीहरुले दिएका छन् ।

यो वर्ष समुद्र पार गरेर लिबियाबाट युरोप प्रवेश गर्ने क्रममा ३०० जना भन्दा बढी मानिसको ज्यान गएको छ । तर ज्यान गुमाउनेको संख्या त्यो भन्दा बढी हुन सक्ने सम्भावना रहेको आप्रबासी संगठनको भनाई छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  ७ : ३१ बजे