१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घट्यो



काठमाडौँ ।

सुनको मूल्य बिहीबार केही घटेको छ। बुधबार यथावत रहेको छापावाला सुनको मूल्य तोलामा सोह्र सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि बिहीबार तोलामा १६ सय रुपैयाँले घटेर ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार तेजाबी सुनको मूल्य तोलामा ९९ हजार नौ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  १२ : ४४ बजे