१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विश्वभर जिमेल सेवा डाउन



एजेन्सी ।

जिमेलमा केही पठाउन समस्या भइरहेको छ ? यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन । थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ ।

जिमेल र गुगल ड्राइभमा समस्या देखिएको बारे जानकारी भएको कम्पनीले जनाएको छ । पछिल्लो एक घण्टाभित्र ट्वीटरर डाउन डिटेक्टरमा हज्जारौं यसबारे रिपोर्ट गरेका छन् ।

प्रयोगकर्ताले इमेल पठाउन त मिल्ने तर जब फाइल अट्याच गर्नुपर्छ तब अपलोड प्रक्रिया निकै ढिलो हुने, यदि यो पूरा भइहालेछ भने पनि नेटवर्कको समस्या देखाउँदै इरर मेसेज देखिने गर्छ । यस्तै समस्या थुप्रैले सामना गरिरहेको बताइन्छ ।

गुगलको स्टेटस पेजमा समस्याबारे अनुसन्धान भइरहेको र चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  १ : १६ बजे