५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

अरिङ्गालको आक्रमणबाट प्युठानमा १० वर्षीय बालकको मृत्यु



प्युठान ।
प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले एक्कासी आक्रमण गरी टोकेर घाइते भएका थिए।

घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ५ भदौ २०७७ शुक्रबार ००:००  ८ : ५२ बजे