२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आज तिन प्रदेशमा मौसम बदली, प्रदेश ५ मा पानी पर्ने सम्भावना कम



काठमाण्डौँ ।
देशभर आइतबार दिउँसो सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बहिान हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको मौसमविदले बताएका छन्।

प्रकाशित मिति : ७ भदौ २०७७ आइतबार ००:००  ८ : १३ बजे