२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

विप्लव समूहका नेताहरु जसपामा प्रवेश



काठमाडौं ।
विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी) को समूह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेको छ ।

लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताउनुभएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  ४ : २३ बजे