२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने घटना दुःखद्ः सभापति देउवा



काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाले आज वक्तव्य निकालेर आफ्नो जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाईकर्मीहरुको प्रशंसा गर्नुभएको छ ।

‘यो प्रतिकूलतामा निर्वाह गरेको भूमिकाको उच्च सह्राहना गर्दछु’ उहाले भन्नुभएको छ ।

उहाँले स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै देउवाले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

साथै विदेशमा अप्ठ्यारामा परेकाहरुको निःशुल्क उद्वार गर्नसमेत सरकारसँग उहाँले माग गर्नुभएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  ४ : २४ बजे