२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पश्चिम नवलपरासीमा १० क्वीन्टल केराउ बरामद



परासी ।
पश्चिम नवलपरासीमा नेपाल प्रहरीले १० क्विन्टल हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर भारततर्फ लैजान लागिएको अवस्थामा नेपाल-भारत सिमावर्ती प्रतापपुर ६ बसहियामा गोदाममा छापा मारेर इलाका प्रहरी कार्यालय बेलाटारीले केराउ बरामद गरेको हो ।

लकडाउनको समयमा पनि भन्सार र सुरक्षा निकायलाई छलेर व्यापकरुपमा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर १० क्विन्टल केराउ बरामद गरेको पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।

उनले अवैध कारोबारीमा सम्लग्न मानिस भने पक्राउ नपरेको बताए । बरामद भएको केराउ आवश्यक कारबाहीका लागि महेषपुर भन्सार कार्यालयलाई बुझाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७ सोमबार ००:००  १० : १३ बजे