२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको श्रृखला आजबाट सुरु



मायादेवी अनलाइन, चार नम्बर ।

आज (मंगलबार) भाद्रपदको शुक्ल अष्टमी, अर्थात अबको १६ दिनसम्म महालक्ष्मीको व्रतारभ्म हुँदैछ । यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला आजैबट सुरु भएको हो ।

यि १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरिन्छ, समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो ।

कमलको फूलमा विराजमान देवपी लक्ष्मीको हत्केलावाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भनें धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् ।

धनको पछि लागेको सकल संसारले लक्ष्मीमाताको सरलता र कोमतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यक्ता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दिर्घकालिनता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मीमाता पनि मानवसेवा अनि मानविय कार्यमा प्रसन्न हुनुहुन्छ ।

दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ६ : ०३ बजे