२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने



काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गतेका लागि बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार भएको छलफलपछि सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गते बोलाउने निर्णय भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टीमा देखिएको विवाद समाधान गर्नका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न दुई अध्यक्ष बैठकमा बसेका हुन् ।

उहाँहरुबीच झण्डै दुई घण्टा लामो छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख थापाले ट्वीटमार्फत जानकारी दिनुभएको छ । सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको बारेका छलफल हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  २ : २३ बजे