२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

झण्डा जलाउने र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न राष्ट्रिय जनमोर्चाको माग



काठमाडौं ।

राष्ट्रिय जनमोर्चा नेपालले कोरोनाको उपचारमा खटिएका चिकित्साकर्मीमाथि विभिन्न ठाउँमा भएका दुर्व्र्यवहारको भ्रत्सर्ना गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार २ बुँदे वक्तव्य जारी गर्दै कोरोनाको औषधि वा खोप पत्ता नलगाइसकेको अवस्थामा कोरोनाको उपचारमा खटिएका चिकित्साकर्मीमाथि दुव्र्यवहार भएकोमा विरोध गर्दै कारवाहीको माग गरेको छ ।

‘उनीहरुलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुर्व्यवहार गर्ने कुरा सही होइन । त्यसको हामीले विरोध गर्दछौँ । त्यसप्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै जनमोर्चाले स्वास्थ्यकर्मीहरुलाई त्यसप्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेको छ ।

जनमोेर्चाले नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यसहित खास जाति र सम्प्रदायप्रति द्वैष फैलाउने भिडियो निर्माण गर्ने र मिडियामा राख्ने कार्यको घोर विरोध र भत्र्सना गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ४ : ३१ बजे