१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

डाक्टरले मृत घोषणा गरेकी युवतीले शवगृहमा आँखा खोलेपछि…



वासिङटन डिसी ।

अमेरिकाको डिट्रोयटमा डाक्टरले मृत घोषणा गरिसकेकी युवतीले शवगृहमा पुर्‍याएपछि आँखा खोलेकी छन्। समाचार पत्र द गार्डियनका अनुसार शवगृहमा नकुहियोस् भनेर उनको शरिरमा केमिकल लगाउन लागेका बेला २० वर्षीया टिमिशा बेउचाम्पले आँखा खोलेकी हुन्।

साउथफिल्ड अग्नि विभागका अनुसार टिमिशा आइतबार अचेत अवस्थामा पुगेकी थिइन्। उनलाई जाँच्न चिकित्सकको टोली उनको घरमा पुगेको थियो। डाक्टरहरूले उनलाई ३० मिनेटसम्म उठाउने प्रयास गरेका थिए र पछि इमर्जेन्सी डाक्टरहरूसँग पनि सल्लाह गरेका थिए।

उपलब्ध जानकारीका आधारमा मेडिकल टिमले उनलाई मृत घोषणा गरेको थियो, अग्नि विभागले भनेको छ। विभागका अनुसार ओकल्यान्ड काउन्टी मेडिकल एक्जामिनरको अफिसले शवलाई पोष्टमर्टम बिनानै परिवारलाई बुझाए हुने बताएको थियो। त्यसपछि परिवारका सदस्यले उनलाई शवगृह पुर्‍याएका थिए।

बडी ब्याग लगाउन खोज्दा हाम्रा कर्मचारीले उनले श्वास फेरिरहेको थाहा पाएका थिए,शवगृहले भनेको छ, त्यसपछि हामीले इमर्जेन्सी मेडिकल टिम बोलाइएका थियौं। अग्नि विभागका अनुसार यस घटनाको प्रहरीले अनुसन्धान थालिसकेको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ५ : ०८ बजे