१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कुलमान बिद्युत प्राधिकरणको सिईओमा पुनः नियुक्त



काठमाडौं ।
नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रो कार्यकाल पनि निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई नै दोस्रो कार्यकालका लागि अवधि थप्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

उनको कार्यकाल सकिनु अघि नै सरकारले म्याद थपेको हो । लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुन कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् ।

यद्यपी सरकारको सो निर्णयको आधिकारिक पुष्टि भने भएको छैन । सामाजिक सञ्जालमा कुलमानको पुन नियुक्तको बिषयलाई लिएर उत्साह छाएको छ भने बधाईको ओईरो समेत देखिन थालेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ७ : १८ बजे