८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वीरगञ्जमा थप १९ जनामा देखियो कोरोना



काठमाडौं ।

बुधबार वीरगञ्जमा थप १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार १५ जना पुरूष र ४ जना महिला गरी थप १९ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरूको नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण भएको हो। संक्रमितमध्येमा वीरगञ्ज महानगरपालिकाका ६, पर्सागढी नगरपालिकाका १२ र धोबिनी गाउँपालिकाका एकजना छन्।

योसँगै पर्सामा संक्रमितको संख्या एक हजार ९ सय ९८ पुगेको छ। मंगलबार मात्र पर्सामा ३२ जना संक्रमित थपिएका थिए। पछिल्लो समय कोरोनाको ुहटस्पटु वीरगञ्जमा संक्रमित संख्या ह्वात्तै बढेको छ।

संक्रमणको जोखिमकै कारण अहिले यहाँ परीक्षणको दायरालाई पनि फराकिलो पारिएको छ। हालै एक महिनाभित्र ५० हजार जनाको परीक्षण गर्ने वीरगञ्ज महानगरपलिकाको तयारी छ।

प्रकाशित मिति : १० भदौ २०७७ बुधबार ००:००  २ : ४० बजे