२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

‘संक्रमितलाई १४ दिनमा घर पठाउनू, नभए सरकारले खर्च व्यहोर्दैन’



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ ।

यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  ६ : ०९ बजे