५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेकपा भित्र विभिन्न कथा कुथुंग्री कथ्नुको कुनै अर्थ छैन्ः शंकर पोख्रेल



काठमाडौँ ।
प्रदेश नं. ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभिन्न कथा कुथुंग्री कथ्नुको कुनै अर्थ नभएको बताउनुभएको छ ।

नेकपा विवाद समाधान गर्न गठित कार्यदलले पार्टी एकतबद्ध भएर महाधिवेशनमा जाने,नमिलेका वैचारिक राजनीतिक मुद्दा महाधिवेशनमा नै हल खोज्ने , प्रधानमन्त्री केपी शर्मा ओलीले पाच बर्ष नै सरकार सन्चालन गर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षको सहमतिमा पार्टी संचालन गर्ने। संघ र प्रदेश मन्त्रिमण्डल पुर्नगठन आवश्यकता अनुसार हुनसक्ने उल्लेख भएको सुझावहरु सहित प्रतिवेदन १७ पानाको बुझाएको थियो । सो प्रतिवेदनमा पार्टीका केही शिर्ष नेतृत्वले असहमति जनाएको प्रति लक्षीत गर्दै पोखरेलको सो स्टाटस आएको हो ।

पोख्रेलको हिजोको फेसबुक स्टाटस ‘पार्टीमा सहमती खोज्ननै कार्यदल गठन भएको थियो । सबैको योगदानवाट सर्वसम्मत प्रतिवेदन तयार भएको छ । कथा कुथुंग्री कथ्नुको अर्थ छैन ।’

प्रकाशित मिति : ११ भाद्र २०७७ बिहिबार ००:००  ८ : ३३ बजे