१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

महाराजगन्ज वृत्तका डिएसपीसहित २२ प्रहरीमा कोरोना



काठमाडौं ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । हिजोसम्म आएको रिपोर्टअनुसार २३ जना संक्रमित हुन्। एक जना निको भइसकेका छन्, एसपी राठौरले भने।

अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको उनले बताए। लक्षण देखिएपछि मात्रै अस्पतालमा लगिएको छ। अरू होम आइसोलेसनमै छन्, उनले भने।

महारागन्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फेलिएको थियो। गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो। अहिले संक्रमितको संख्या २३ पुगेको हो। जसमध्ये एक जना निको भइसकेका छन्। आरोपीलाइ भने महाराजगन्जको प्रहरी अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : ११ भदौ २०७७ बिहिबार ००:००  ११ : ४९ बजे