६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कार्यदलसंग जोडेर चरीत्र हत्या गर्न खोजियो– माधब कुमार नेपाल



काठमाडौ ।
नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालले नेकपा भित्र बिवाद समाधानका निम्ति बनेको कार्यदलको प्रतिबेदन सम्बन्धि टिप्पणी भन्दै आईरहेका बिषयको खण्डन गरेका छन । आज उनका स्वकिय सचिब मोहन गौतमले फेसबुक पोष्ट मार्फत सबैमा जानकारी गराएका छन ।

नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन । अझ दुखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहॉहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको छ । बिगत लामो समयदेखि पार्टीमा बिधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई (अल्पमत, बहुमत वा सर्वसम्मत जे हुॅदा पनि) उठाउॅदै आउनुभएका उहॉले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट (उहॉहरूकै माग बमोजिम) अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु ।

प्रकाशित मिति : ११ भाद्र २०७७ बिहिबार ००:००  ७ : १२ बजे