६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कुलमानलाई सामाजिक सञ्जालले नै पुनर्नियुक्ति दिएको होला, सरकारले छैन् !



काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीप्रति सरकारले मुख खोलेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कुलमान घिसिङलाई सरकारले नियुक्ति नदिएको बताउनुभयो ।

कुलमान घिसिङलाई फेरि नियुक्ति दिइएको भनेर सामाजिक सञ्जालमा समाचार आइरहेका छन् भन्ने प्रश्नमा मन्त्री खतिवडाले भन्नुभयो, ‘उहाँलाई सामाजिक सञ्जालले पुनर्नियुक्ति दिएको होला, सरकारले त दिएको छैन ।

सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरो भएन तर औपचारिक प्रस्ताव पनि छैन ।’ उहाँले यस विषयमा अहिलेसम्म छलफल नै नभएको बताउनुभयो । ‘त्यो लेखाइमा, या बोलाइमा या सूचनामा कुनै सत्यता छैन’, उहाँले भन्नुभयो । कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिनै लाग्दा केही दिनयता सामाजिक सञ्जमालमा उनलाई नै निरन्तरता दिनुपर्ने भन्दै दबाब बढाइँदैछ ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ७ : ०३ बजे