१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

विनोद चौधरीलाई पनि कोरोना सङ्क्रमण



काठमाण्डौ ।

नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ ।

चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७ शुक्रबार ००:००  २ : ३५ बजे