५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जापानका प्रधानमन्त्री अबेले पदबाट राजीनामा दिने



काठमाण्डौ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने हुनु भएको छ । स्वास्थ्यका कारण उहाँले पदबाट राजीनामा दिने तयारी गर्नु भएको स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री आबे केही समययता अस्वस्थ हुनुहुन्छ ।

केही दिनअघि मात्रै जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने उहाँ पहिलो व्यक्ति हुनु भएको थियो । सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे गएको ८ गते प्रधानमन्त्री हुनु भएको २ हजार ७ सय ९९ औं दिन पुगेको थियो ।

यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातो लगातार २ हजार ७ सय ९८ दिन प्रधानमन्त्री हुनु भएको थियो । अर्कोे महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गएको वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि बनाउनु भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  २ : ३९ बजे