८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना संक्रमितलाई गुणस्तरहीन खाना खुवाएको समाचारप्रति खण्डन



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आइसोलेशन सेन्टरमा कोरोना संक्रमित व्यक्तिहरुलाई गुणस्तरहीन खाना खुवाएको समाचारपप्रति खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइसोलेशनमा गाउँपालिकाले नियमित रुपमा संक्रमित व्यक्तिको स्वास्थ्य बारे जानकारी लिने तथा नियमित तालिका पौष्टिक आहार खाना, खाजाकोसमेत व्यवस्था गरेको एक प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

यही शुक्रवार भदौ १२ गते प्रकाशित समाचारमा “हालै न्युज सेन्टर नेपाल नामक अनलाइन मिडियामा विजयनगरको आइसोलेशनमा कोरोना संक्रमितलाई गुणस्तरहीन खानामा सत्य–तथ्य नबुझी झुट र कपोकल्पित समाचार सम्प्रेषण भएको प्रति गाउँपालिका गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तीका उल्लेख गरिएको छ ।

यस्ता खाले झुट र भ्रामक समाचारले गाउँपालिका समग्र विकास र कोभिड–१९को रोकथामका लागि गरेका निरन्तर प्रयासहरु समेत ओझेलमा परी आम सर्बसाधारणमासमेत नकारात्मक धारणा सिर्जना गर्ने भएकोले गाउँपालिकासँग सम्बन्धि समाचार संप्रेषण गर्दा सत्य तथ्य बुझी आधिकारिक समाचार मात्र सम्प्रेषण गर्न समेत अनुरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोगको रोकथाम तथा नियन्त्रणका लागि विजयनगर गाउँपालिका उच्च सर्तकताका साथ निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७ शुक्रबार ००:००  ६ : ०० बजे