४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ डिस्चार्ज



काठमाडौं ।

शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ४ : ३३ बजे