३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

आज थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, काठमाडौं उपत्यकाका मात्रै ४२९ जना




काठमाण्डौँ ।

आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : १४ भदौ २०७७ आइतबार ००:००  ४ : ३३ बजे