२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्वभारतीय सैनिक पक्राउ



काठमाडौं ।

९ वर्षीया बालिकालाई चार महिनादेखि पटक पटक बलात्कार गरेको आरोपमा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भूतपूर्व भारतीय सैनिक रेशबहादुर गुरुङलाई प्रहरीले आइतबार स्याङजाबाट पक्राउ गरेको हो। स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका १० मिलनचोक बस्दै आएका ५५ वर्षीय गुरुङ प्रहरीमा जाहेरी परेपछि फरार भएका थिए।

कास्कीबाट गएको प्रहरी टोलीले बिरुवा गाउँपालिका ८ टोड्केमा लुकिछिपी बसिरहेका गुरुङलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए। चार(पाँच महिनादेखि बालिकालाई ललाइफकाइ उनले यौन शोषण गर्दै आइरहेको जाहेरी प्रहरीमा परेको थियो।

प्रहरीमा भदौ ११ गते जाहेरी परेको थियो। ९ गते गुरुङले बालिकालाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। बालिकाले आफन्तलाई पटक-पटक आफूमाथि बलात्कार भइरहेको सुनाएपछि प्रहरीमा जाहेरी पुगेको हो। गुरुङलाई जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको हमालले बताए।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  १ : ५६ बजे