१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २२८ पुग्यो



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बालिका र महिला गरी तीन तथा चार जना पुरुषको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २८ पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ५ : ०९ बजे