३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

महोत्तरीकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु



जनकपुरधाम ।

महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ५ : ३३ बजे