१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन



एजेन्सी ।
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो । उहाँ दिल्लीमा सेनाको आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँले भारतको अर्थ, रक्षा तथा विदेश मन्त्री जस्तो पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँको मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । गएको अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउनुभएको थियो ।

शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुग्नुभएको थियो र आर एण्ड आर अस्पतालले हरेक दिन उहाँको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको थियो ।

सोमबार साँझ पौने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छोरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उहाँको निधनको पुष्टि गर्नुभएको हो ।

उहाँले ट्वीटमा भन्नुभएको छ, आरआर अस्पतालको पूरा कोसिस, भारतीय नागरिकको प्रार्थनाको बाबजुद मेरा पिता श्री प्रणब मुखर्जी हामीमाझ रहनुभएन । म सबैलाई धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ६ : ५७ बजे