१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

वडाध्यक्ष सिंहको शोक प्रस्ताव पारित, मंगलबार नगरपालिका बन्द हुने



मायादेवी अनलाइन, बुद्धभूमि ।
आइतबार निधन हुनुभएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ मानपुरका वडाध्यक्ष राजेश्वर सिंहको नगरपालिकावाट शोक प्रस्ताव पारित गरेको छ ।

नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अध्यक्ष सिंहको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।

साथै मंगलबार नगरपालिका लगायत सम्पुर्ण वडा कार्यालय तथा मातहतका कार्यालयहरु वन्द गरि शोक विदा दिइएको नगर प्रवक्ता पवन कुमार चौधरीले बताउनुभयो ।

७१ बर्षीय सिंहको पछिल्लो समयमा विभिन्न दीर्घ रोगको कारण समस्या रहेको र उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।

नगरपालिकाको विकासमा सिंहको योगदानको चर्चा गर्दै नगरले उहाका सल्लाह र मार्गदर्शन अवलम्वन गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

वडा मात्र नभइ नगरको विकासमा सिंहले पु¥याएको योगदानको नगरपालिकाले कदर गर्दै उहाँको वडा तथा नगरको विकासमा कोरेका योजनाहरु साकार पार्ने समेत नगर प्रमुख श्रेष्ठले जनाउनुभएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ८ : १४ बजे