१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मुखर्जी नेपालका महान मित्र थिएः माधव नेपाल



काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक महान मित्र गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।

नेकपा विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले मुखर्जीको निधनले यो क्षेत्रले नै एउटा नेतृत्वदायी राजनेता गुमाएको भन्दै शोक व्यक्त गरेका हुन्।

ुउहाँ नेपालका एक महान मित्र हुनुहुन्थ्यो र उहाँले हाम्रो शान्ति प्रक्रियालाई सहयोग पुर्यााउन धेरै योगदान गर्नुभयोु, शोक वक्तव्यमा वरिष्ठ नेता नेपालले भनेका छन्, भूगोल, इतिहास र संस्कृतिले जोडिएको दुई देशबीचको घनिष्ट र पारस्परिक पारस्परिक सम्बन्धको पक्षधरका रूपमा प्रणवबाबुलाई हामी सधै स्मरण गर्नैछौं।

मुखर्जी नेपालको शान्ति, स्थायित्व र दिगो प्रगतिका लागि सहयोग गर्ने व्यक्ति रहेको समेत उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १६ भदौ २०७७ मंगलबार ००:००  १ : ४२ बजे